You are viewing the translated version of क्रार्य सम्पादन करार गर्नु पर्ने.

Rule 30
क्रार्य सम्पादन करार गर्नु पर्ने
(१) कार्यकारी निर्देशकले उपाध्यक्षसँग समितिले तोकेको ढाँचामा कार्य सम्पादन करार गर्नु पर्नेछ । त्यस्तो कार्य सम्पादन करारको जानकारी मन्त्रालयलाई गराउनु पर्नेछ ।
(२) कोषमा कार्यरत अन्य कर्मचारीले कार्यकारी निर्देशकसँग कार्य सम्पादन करार गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम गरिएको कार्य सम्पादन करारको प्रगति मूल्याङ्कन गरी सोको आधारमा आवश्यकता अनुसार निजहरुको जिम्मेवारी हेरफेर गर्न सकिनेछ ।